हावाहुरीले बालिकाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हावाहुरीले बालिकाको मृत्यु


२० जेष्ठ २०७६, सोमबार


कावासोती । आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ ।

साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवकी १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको हो।

हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएका छन् । हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पुर्‍याएको छ । घरको छानो उडाइदिएको छ । नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस