हावाहुरीले भाँचिए विद्युतका पोल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हावाहुरीले भाँचिए विद्युतका पोल


१८ जेष्ठ २०७६, शनिबार


राजविराज । सप्तरीमा बिहीबार राति आएको हावाहुरीले विद्युतका पोल भाँचिएका छन् । रावविराजका विभिन्न स्थानमा विद्युत् पोल र तार चुँडिदा लाखौंको क्षति भएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका अनुसार जिल्लाको विभिन्न स्थानमा ११ केभी हाइभोल्टेज ५५ पोलसहित करिब एक सय पोल भाँचिएका छन् । हावाहुरीमा बोदेबरसाइन नगरपालिका अन्तर्गत जाजर, बराहसहित वस्तीमा ११ केभी हाइ भोल्टेज लाइनका ५५ पोल र तार चुडिएका छन् ।

त्यस्तै लो भोल्टेजका खडक नगरपालिका ११ लालपुरमा पाँच पोल, छिनमस्तामा चार, सुरुङ्गा नगरपालिका–४ बिरनगरमा छ पोल, डाकेश्वनरी नगरपालिकामा नौ पोल, बोदेबरसाइनमा आठ पोल भाँचिएको जनाइएको छ ।

छिन्नमस्ता, कुशहा, भाटिन, पातो लगायत अन्य ठाउँमा समेतगरी करिब एक सय पोल भाचिनुको साथै तार चुडिएका छन ।

क्षति विवरण संकलन भइरहेकोले थप क्षति भएको हुन सकिने केन्द्रले जनाएको छ । विद्युत् पोलमा क्षति भएको कारण अवरुद्ध विद्युत लाइन सुचारु गर्न राती देखि नै प्रयास भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस