२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल प्रविधिमा तरकारी मूल्यसूची

अ+ अ-

कैलाली । कैलालीको टीकापुरकी पुनम मगर तरकारी किन्न हाटबजार गइन् । उनको नजर ताजाताजा तरकारीतिर होइन, हाटबजारमा राखिएको डिजिटल मूल्यसूचीमा गयो । उनले पाँच मिनेट तरकारीको मूल्यसूची हेरिन्, अनि लागिन् ताजा तरकारी छान्न ।

टीकापुरमा हरेक साताको बुधबार र शनिबार तरकारी हाटबजार लाग्छ । हाटबजारमा आउने उपभोक्ता तथा ग्राहकलाई किनमेलमा सहजता होस् भनी सबैले देख्न सक्ने गरी डिजिटल प्रविधिमा तरकारी मूल्यसूची राखिएको छ । पुनमले भनिन्, “अब सजिलो हुनेभयो, तरकारी बिक्रेताले मनोमानी मूल्य लिन पाउने भएनन् ।”

डिजिटल ‘डिस्प्ले’ मूल्यसूचीमा व्यापारीबीचको छलफलपछि तरकारी खरीदबिक्री मूल्य निर्धारण गरी सेट गरिन्छ । “जसले व्यापारीबीचको मूल्यमा पनि एकरुपता आओस् भन्ने उद्देश्य हाटबजार सञ्चालकको छ”, कृषक पूर्ण चौधरीले भने, “हाट बजारमा तोकिएको मूल्यकै आधारमा व्यापारीले विभिन्न खाद्यान्न बाली, तरकारी, कृषि उपजमा कारोवार गर्ने गर्दछन्, यसले सजिलो पनि भएको छ ।”

हाट बजारमा डिजिटल प्रविधिमा मूल्यसूची राख्दा उपभोक्ता ठगिनबाट जोगिने बताउँछन् । “डिजिटल प्रविधिमा हाटबजारमा खरीद बिक्री हुने विभिन्न वस्तुको मूल्य सहजै थाहा पाउन सकिन्छ, ठगिने डर रहेन”, उपभोक्ता पूजा न्यौपानेले भने, “विगतमा व्यापारीले मनोमानी मूल्य लिन्थे, मूल्यमा एकरुपता हुँदा व्यापारीसँग धेरै सोधपुछ गर्न पनि पर्दैन ।”

डिजिटल प्रविधिबाट मूल्यसूची राख्दा उपभोक्ता मात्र नभइ बिक्रेता व्यापारीलाई पनि सहज हुने हाटबजार व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु डगौरा थारुको भनाइ छ । “डिजिटल प्रविधिबाट मूल्यसूची राख्दा हाटबजारमा आउने कृषि उपजको मूल्यको डाटा सङ्कलन हुन्छ, यसले गर्दा मूल्य समायोजनामा सहयोग पुग्छ”, उनले भने, “कम्प्युटर प्रणालीमार्फत मूल्यसूची राखिने भएकाले क्रेता विक्रेतालाई मात्र नभइ बजारमा हुने तरकारीको मूल्यमा आउने उतारबारे विश्लेषण समेत गर्न सहनहुन्छ ।”

सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था तथा कृषि, सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा पाँच स्थानमा डिजिटल प्रविधिको मूल्यसूची डिस्प्ले मेसिन वितरण गरेको हो । मन्त्रालयका माटो तथा अर्थविज्ञ घनश्याम चौधरीले कृषक, उपभोक्ताको मागका आधारमा कैलालीको धनगढी उपमहानगरपालिकाको त्रिनगर हाटबजार, गौरीगङ्गा नगरपालिकाको चौमाला हाटबजार र टीकापुर नगरपालिकाको हाटबजारलगायतका ठाउँमा डिजिटल प्रविधिको मूल्यसूची जडान गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस