२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुफाको डाँडोमा ‘जगन्नाथ भ्यू–टावर’

अ+ अ-

गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा धार्मिक पर्यटकलाई लोभ्याउने धेरै सम्पदा भए पनि पूर्वाधारको अभावमा ओझेलमा परेका सम्पदा स्थानीय समुदायको सक्रियतामा पूर्वाधार निर्माण गर्न थालिएकोे छ ।

बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँ (जगन्नाथ) मा रहेको पर्यटकीयस्थल गुफाको डाँडोमा भ्यू–टावर निर्माण गर्न लागिएको छ । चालू वर्षमा बेनी नगरपालिका तथा वडा कार्यालयको रु पाँच लाखको लागतमा सो टावर निर्माण थालिएको उक्त वडाका वडाध्यक्ष लक्ष्मण बानियाँले जानकारी दिए ।

वडा तथा नगरपालिकामार्फत् नगर क्षेत्रभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थल संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारमा जोड दिई धार्मिक पर्यटकलाई जनन्नाथ मन्दिरसम्म ल्याउन र यहाँबाट प्राकृतिक दृश्यावलोकन गराउन भ्यू टावर निर्माण गर्न लागिएको उनले बताए ।जगन्नाथ मन्दिरमा धार्मिक र गुफाको डाँडोमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन वृद्धि गर्ने उद्देश्यसहित भ्यू–टावर निर्माणको काम अगाडि बढाइएको जगन्नाथ भ्यू–टावर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले जानकारी दिए । बेनीको शिरमा रहेको पर्यटकीयस्थल गुफाको डाँडो अर्थात् केभहिलमा हालै स्थानीयवासीले हेलिप्याडसमेत बनाएका छन् । जगन्नाथ मन्दिरदेखि १० मिनेटको दूरीमा गुफाको डाँडो र ३० मिनेटको दूरीमा ऐतिहासिक डढेकोट दरबार क्षेत्र छ ।

समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको गुफाको डाँडाबाट विश्वको सातौँ अग्लो चुचुरो धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि, मानापाथी, गुर्जा, चुरेन, बेहुला–बेहुलीलगायत करीब डेढ दर्जन हिमशृङ्ला अवलोकन गर्न सकिन्छ । गुफाको डाँडाबाट म्याग्दी जिल्लाका साविक ४१ मध्ये ३७ गाविस र पर्वत, बागलुङसहित अन्य जिल्लाका डाँडाकाँडासमेत देखिन्छन् । मन्दिर तथा गुफाको डाँडा नजिकै बाइसे–चौबीसे राज्यका पालामा निर्मित ऐतिहासिक डढेकोट राजदरबारको संरचना पनि छ । कन्टेन्टजेन्सीसहित रु पाँचलाखमा निर्माण गरिने सो टावरका लागि रु ८५ हजार १४७ बराबरको जनश्रमदान व्यहोरिने भएको छ । कूल ३६ फिट उचाइको सो टावरले १७६ दशमलव ७१ वर्गफिट क्षेत्रफल ओगटेको यसमा सात वटा उक्लने र ओर्लने भाग रहेको बेनी नगरपालिकाका सव–इञ्जिनीयर अर्जुन थापाले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस