बैतडीमा टुहुरा बालबालिकालाई भत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा टुहुरा बालबालिकालाई भत्ता


१८ जेष्ठ २०७६, शनिबार


बैतडी । दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ । २० टुहुरा बालबालिकालाई मासिक दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए।

माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले चालू आर्थिक वर्षको साउनदेखि मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कर्कीले बताए । उनले भने, “टुहुरा बालबालिले आमा बुबाको अभाव महसुस नगरुन् र उनीहरुको पढाइमा कुनै किसिमको समस्या नहोस् भनेर भत्ता दिन लागेका हौँ ।”

उपाध्यक्ष कार्कीले जोड दिए, “भत्ताले गरीबी निवारण र अशिक्षा कारण २० वर्ष नपुग्दै गरिने बिहे पनि अन्त्य हुने अपेक्षा गरेका छौँ ।” रासस

Tags :
प्रतिक्रिया दिनुहोस