अमेरिकाको एक सरकारी कार्यालयमा गोली प्रहार, ११ को मृत्यु, ६ घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाको एक सरकारी कार्यालयमा गोली प्रहार, ११ को मृत्यु, ६ घाइते


१८ जेष्ठ २०७६, शनिबार


काठमाडौं । अमेरिकाको एक सरकारी कार्यालयमा भएको अन्दाधुन्द गोली प्रहारबाट ११ जनाको मृत्यु भएको छ । भर्जिनिया राज्यको सरकारी कार्यालयका एक कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली प्रहार गार्द ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

घटनामा एक प्रहरीसहित छ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार अपरान्ह ४ बजेपछि भएको गोली प्रहारमा आक्रमणकारीको पनि मृत्यु भएको जनाइएको छ । आक्रमणकारीको पहिचान भने सार्वजनिक गरिएको छैन ।

भर्जिनियाका गभर्नर राल्फ नार्थमले भर्जिनिया बीच र पूरै कमनवेल्थका लागि त्रासदीपूर्ण दिन भनेका छन् । भर्जिनिया बीचका मेयर बबी डायरले यस घटनालाई इतिहासकै सबैभन्दा डरलाग्दो दिन भनेका छन् ।

अमेरिकी मिडियाहरुका अनुसार घटनास्थलमा एफबीआईको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

गोलीबारीको घटनाको रेकर्ड राख्दै आएको अमेरिकी वेबसाइट गन भ्वाइलेन्सका अनुसार अमेरिकामा यसै वर्ष मास सुटिङको यो १५० औं घटना हो ।

प्रतिक्रिया दिनुहोस