समसामयिक प्रश्नोत्तरहरु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

समसामयिक प्रश्नोत्तरहरु


भुवन ज्ञावाली

१८ जेष्ठ २०७६, शनिबार


loksewa-tayari-bastugat-samanyagyan

१. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार नेपालमा वेरोजगारी दर (श्रमशक्ति सर्वेक्षण, २०७४ को मापदण्ड अनुसार) कति रहेको छ ?

उत्तरः ११.४ प्रतिशत

२. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार शहरी जनसंख्या कुल जनसंख्याको कति प्रतिशत रहेको छ ?

उत्तरः ५९.९ प्रतिशत

३. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार आधारभुत खानेपानी सेवाबाट लाभान्वित जनसंख्या कति प्रतिशत रहेको छ ?

उत्तरः ८८.० प्रतिशत

४. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार आधारभुत सरसफाई सेवाबाट लाभान्वित जनसंख्या कति प्रतिशत रहेको छ ?

उत्तरः ९९.० प्रतिशत

५. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार विद्युतमा पहुँच पुगेको जनसंख्या कति प्रतिशत रहेको छ ?

उत्तरः ७७.८ प्रतिशत

६. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार आ.व. ०७५/७६ फाल्गुन सम्म विद्युत उत्पादन कति मेगावाट रहेको छ ?

उत्तरः ११४२ मेगावाट

७. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार नविकरणीय उर्जाको स्रोतबाट लाभान्वित जनसंख्या कति प्रतिशत रहेको छ ?

उत्तरः १०.० प्रतिशत

८. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार आ.व. २०७५/७६ मा कुल पर्यटक मध्ये (स्थलमार्गबाट आएका भारतीय वाहेक) हवाइ सेवाबाट पर्यटक आगमन अंश कति प्रतिशत रहेको छ ?

उत्तरः ८२.८ प्रतिशत

९. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार आ.व. २०७५/७६ मा कुल पर्यटक मध्ये (स्थलमार्गबाट आएका भारतीय वाहेक) स्थलमार्गबाट पर्यटक आगमन अशं कति प्रतिशत रहेको छ ?

उत्तरः १७.२ प्रतिशत

१०. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार विमाको पहुँचमा पुगेको जनसंख्या कति प्रतिशत रहेको छ ?

उत्तरः १८ प्रतिशत

११. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार बाणिज्य बैंकहरुको पहुँच कति वटा स्थानीय तह सम्म पुगेको छ ?

उत्तरः ७१३ वटा स्थानीय तह

१२. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार आ.व. ०७५/७६ फाल्गुन सम्म प्रतिव्यक्ति आय (कुल ग्रहास्थ उत्पादनमा) कति अमेरिकी डलर पुगेको छ ?

उत्तरः १०३४ अमेरिकी डलर

१३. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार मुद्रास्फिति कति प्रतिशत रहेको छ ?

उत्तरः  ४.२ प्रतिशत

१४. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार निरपेक्ष गरिवीको रेखामुनी रहेको जनसंख्या कति प्रतिशत रहेको छ ?

उत्तरः १८.७ प्रतिशत

१५. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार आर्थिक बृद्धिदर कति प्रतिशत रहेको छ ?

उत्तरः  ७.०  प्रतिशत

१६. IPL (Indian Premier League) – २०१९ को विजेता कुन भएको थियो ?

उत्तरः मुम्वई इन्‍डियन्स ( २०१३,२०१५, २०१७,२०१९)  र उप विजेता – चेन्नेइ सुपर किंग्स ( ३ पटकको विजेता  २०१०,२०११, २०१८) 

१७. IPL (Indian Premier League) – २०१९  को प्लेयर अफ दि सिरिज कसले प्राप्त गरेको थियो ?

उत्तरः  आन्द्रे रशेल (कोलकात्ता नाइट राइडर्स)

१८. IPL (Indian Premier League) – २०१९ को म्यान अफ द म्याच कसले प्राप्त गरेको थियो ?

उत्तरः जसप्रित बुम्राह (मुम्वई इन्डियन्स)

१९. IPL (Indian Premier League) – २०१९  मा सर्वाधिक रन वनाउने खेलाडी को हुन् ?

उत्तरः डेभिड वार्नर (६९२ रन) र दोस्रो – केएल राहुल (५९३ रन)

२०. IPL (Indian Premier League) – २०१९ मा धेरै विकेट लिने खेलाडीको हुन् ?

उत्तरः इमरान ताहिर (२६ विकेट) दोस्रो -कासिगो रवडा

 

Tags :
प्रतिक्रिया दिनुहोस