संघीय संसदमा आज बजेट प्रस्तुत हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संघीय संसदमा आज बजेट प्रस्तुत हुँदै


१५ जेष्ठ २०७६, बुधबार


काठमाडौं । आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा हुँदै छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय्व्यवको विवरण पेस गर्ने छन्।

प्रत्येक वर्षको जेठ १५ गते गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था अनुसार आज बजेट पेस हुने भएको हो ।

बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । करीब १५ खर्ब बराबरको बजेट ल्याउन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सीमा तोकेको थियो ।

चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो । कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस