दुई विधेयक विधायन समितिमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई विधेयक विधायन समितिमा


१३ जेष्ठ २०७६, सोमबार


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेका ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस