विप्लव समूहलाई मुलधारमा ल्याउँछौं : गृहमन्त्री बादल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विप्लव समूहलाई मुलधारमा ल्याउँछौं : गृहमन्त्री बादल


१३ जेष्ठ २०७६, सोमबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रविक्रम चन्द (नेकपा)लाई मुलधारमा ल्याउने बताएका छन् ।

राजधानीमा भएको बम विस्फोटबारे सोमबार संसदलाई जानकारी गराउँदै गृहमन्त्री थापाले विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्ताद्वारा मूल प्रवाहमा ल्याउने बताएका हुन् ।

राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको उनले समेत स्पष्ट पारे ।

उनले विप्लव समूहको बन्द र आपराधिक गतिविधिको जनस्तरबाट खारेज भएको, तर शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस