बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा दुई ट्रकमा आगजनी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा दुई ट्रकमा आगजनी


१३ जेष्ठ २०७६, सोमबार


काठमाडौं । बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा दुई ट्रकमा आगजनी गरिएको छ । विप्लव नेतृत्वको नेकपाले हेटौंडा–१ चौकीटोलमा र थाहा नगरपालिका–१खानीगाउँमा ट्रकमा आगजनी गरेका हुन् ।

त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रक र हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको खाली ट्रकमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस