विप्लव समूहका जिल्ला अध्यक्ष पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विप्लव समूहका जिल्ला अध्यक्ष पक्राउ


प्रशासन संवाददाता

१२ जेष्ठ २०७६, आइतबार


सुरुङ्गा । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा दलित मुक्ति मोर्चाका झापा जिल्ला अध्यक्ष प्रवीण दर्नाल रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले आज दिउँसो बिर्तामोडबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दर्नाललाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस