२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गुणस्तरीय र अनुसन्धानमूलक शिक्षाको आवश्यकता’

अ+ अ-

काठमाडौ । मुलुकको विकासका लागि गुणस्तरीय र अनुसन्धानमूलक शिक्षा आवश्यक रहेको बताइएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘शैक्षिक अभ्यासमा उच्च प्रभाव’ सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाले युवालाई अनुसन्धानका क्षेत्रमा लगाइए मात्र मुलुकको विकास हुने र फाउण्डेशनले युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने बताए ।

पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसादको योगदानलाई समेटेर विराटनगरमा उनको नाममा सङ्ग्रहालय स्थापना गरिने उनले जानकारी गराए । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा.नीलकण्ठ मकाजु श्रेष्ठले अनुसन्धानमूलक शिक्षाको विकासका लागि काठमाडौँ विश्वविद्यालयले काम गरिरहेको बताए ।

उनले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न पढेका युवालाई स्वदेशमै काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णीम वाग्लेले स्वदेशी विश्वविद्यालयलाई अनुसन्धान गर्ने थलोका रुपमा विकास गरेमात्र मुलुकको शिक्षा क्षेत्रको विकास हुने बताए । सरकारले नीति नियम बनाउँदा अनुसन्धानमूलक क्षेत्रमा रकम विनियोजन गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले परिस्थितीअनुकूल निर्णय गर्नसक्ने नेता गिरिजाप्रसाद भएको उल्लेख गर्दै गिरिजाबाबु प्रधानमन्त्री भएका बेला नेपालको शिक्षा क्षेत्रले ठूलो फड्को मारेको बताए । गिरिजाप्रसाद फाउण्डेशन क्यानडाका अध्यक्ष तुलसी पौडेलले नेपालको शिक्षा विश्वको शिक्षालाई प्रतीस्पर्धा गर्ने खालको बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा रेडन कलेजका संस्थापक प्राचार्य डा.हिमलाल घिमिरेले पर्यटनबाट नेपालको समृद्धि, अर्थशास्त्री डा.दधी अधिकारीले मुलुकको आर्थिक समृद्धि, डा.वसन्त गिरीले हावा, पानी र खाद्यान्नबाट मानव जीवनमा पारेको असर, डा.नारायण थापाले नेपालको परम्परागत शिक्षाले पारेको प्रभावसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।