२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफैँले बोकेको भरुवा बन्दुक पड्किएर एक घाइते

अ+ अ-

चितवन । दुई दिनअघि भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ ।

छर्रा लागि घाइते स्थानीय ३९ वर्षीय सुकबहादुर चेपाङले बोकेको भरुवा बन्दुक पड्किएर उनी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निज चेपाङले बाहिरबाट गोलीको छर्रा आएर आफूलाई लागेको भनी दिएको बयान गलत भएको जानकारी दिनाका साथै उनीसहित अवैधरूपमा भरुवा बन्दुक प्रयोग गर्ने अन्य दुईलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

निजहरुले प्रयोग गरेको तीन भरुवा बन्दुक पनि बरामद गर्नाका साथै उक्त कार्यमा संलग्न सोही ठाउँका ३५ वर्षीय सोमबहादुर गुरुङ र ३४ वर्षीय सूर्यबहादुर चेपाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले घाइते चेपाङको बन्दुक खाली रहेको र अन्य दुई बन्दुक भरिएको अवस्थामा भेटिएको बताए ।

दाहिने खुट्टाको घुँडामा गोलीको छर्रा लागेका घाइते चेपाङलाई थप उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको उनले बताए । निजहरुले सो वन क्षेत्रमा बँदेल, जरायोलगायत जनावरको शिकार गर्ने गरेको आरोपमा मुलुकी अपराध संहिता २०७४ को दफा १२९ को उपदफा २ अनुसार १० वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना हुनुपर्ने माग सहित मुद्दा दर्ता गर्न लागिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठ मृत फेला

पूर्वी चितवनको कालिका नगरपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । कालिका नगरपालिका वडा नं १ स्थित नौ नम्बर टोल बस्ने अन्दाजी ४७ वर्षीय कुमारसिंह श्रेष्ठ आफैँ सुतेको खाटमा मृतावस्थामा फेला परेका हुन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार मृत्युको कारण खुलिसकेको छैन मृतक माइला छोरा र बुहारीसँगै बस्दै आएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस