टिपरको ठक्करबाट एक जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

टिपरको ठक्करबाट एक जनाको मृत्यु


९ जेष्ठ २०७६, बिहिबार


उर्लाबारी । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी भित्री सडकखण्डमा टिपरको ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ ।

बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ख ४३५५ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको को५प ५५०० नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए।

उनका अनुसार टिपर र त्यसका चालक धनुषाका ३१ वर्षीय राजकुमार मगरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस