स्वास्थ्य समस्याबाट बच्न खानुस् दैनिक यी खाना « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

स्वास्थ्य समस्याबाट बच्न खानुस् दैनिक यी खाना


८ जेष्ठ २०७६, बुधबार


एजेन्सी । हामी जुन कुरा खान्छौं, त्यसको असर हामीले दिनभर गर्ने क्रियाकलापमा पर्न जान्छ । युरोपियन जर्नल अफ फिजियोलोजीले गरेको एक अध्ययन अनुसार कार्वोहाइड्रेड, प्रोटिन, भिटामिन सि, आइरन, चिल्लोपदार्थ, ल्सियमजस्ता पौष्ट्रिक आहार खानामा समावेश गर्नुपर्दछ ।

जसबाट हाम्रो शरीरलाई चाहिने प्रशस्त शक्ति प्राप्त हुन्छ । साथै थकान तथा कमजोर जस्ता समस्याबाट बच्न सकिन्छ । त्यसका लागी खानामा यस्ता खानेकुरा समावेश गर्नुस् ।

१) दुध र केरा – विहान र बेलुकी २ र ३ वटा केरासंग १ गिलास दुध पिउनुहोस् ।

२) अनारको बोक्रा- अनारको बोक्रालाई सुकाएर पिस्नुहोस र विहान बेलुका नियमित रुपमा एक चम्चा खानुहोस् । यसले शरिरमा रगतको मात्रा बढाउनमा मद्दत गर्दछ ।

३) काजु र बदाम- ४/५ छोरा, २/३ काजु र २ दाना बदामलाई एक गिलास दुधमा मिसाएर उमाल्नुहोस् । यसमा एक चम्चा मिश्री तथा चिनी मिसाएर सुत्नुभन्दा पहिले नियमित पिउनुहोस् ।

४) अवला – अमलाको पाउडरमा मिश्री पिसेर मिलाउनुहोस् । दैनिक सुत्नुभन्दा अघि एक चम्चा पाउडर मनतातो पानीसंग खानुस् ।

५) चना – राती ६/७ चमच चना दाल काचो दुधमा भिजाउनुस् । भोलीपल्ट विहान ५/६ किसमिस र मिश्री मिसाएर खानुस् ।

Tags :
प्रतिक्रिया दिनुहोस