त्रिवी सेवा आयोग तत्काल खारेज गरियोस : सिपी गजुरेल « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

त्रिवी सेवा आयोग तत्काल खारेज गरियोस : सिपी गजुरेल


८ जेष्ठ २०७६, बुधबार


काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । संयोजक गजुरेलले भ्रष्टाचारमा मुछिएको भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् ।

बुधबार अखिल क्रान्तिकारीले सो सेवा आयोग खारेजको माग गर्दै जारी राखेको आयोगको कार्यालय मूलगेटको अनिश्चितकालीन धर्ना कार्यक्रमप्रति ऐक्यबद्धता जनाउन धर्नास्थल पुगेका उनले योग्यता र क्षमताको आधारमा भन्दा पनि राजनीतिक भागबण्डाको आधारमा परीक्षा लिने लगायतका गलत काम गर्ने सो सेवा आयोग खारेज गर्नुको विकल्प नरहेको दावीसमेत गरे ।

अखिल क्रान्तिकारीले भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै गत सोमबारबाट सो आयोगको खारेजीको माग गर्दै अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस