प्रधानसेनापतिद्वारा प्रकृति संरक्षण पदक प्रदान « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

प्रधानसेनापतिद्वारा प्रकृति संरक्षण पदक प्रदान


८ जेष्ठ २०७६, बुधबार


काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली सेनामा कार्यरत ६५०९ जना मध्ये रथीबृन्ददेखि महा सेनानीसम्मका २० जनालाई एक विशेष समारोहका बीच ‘प्रकृति संरक्षण पदक (Nature Conservation Medal)” प्रदान गरेका छन् ।

विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधतामा रहि प्रकृति संरक्षणमार्फत नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याई ‘प्रकृति संरक्षण पदक (Nature Conservation Medal)” प्राप्त गरेकालाई बुधबार त्रिभुवन आर्मी अफिसर्स क्लवमा सोहि अवसरमा उक्त पदक  समारोहमा उपस्थित प्रमुख सेनानीदेखि सिपाहीसम्मका ५० जनालाई बलाध्यक्ष रथी गौरव तण्डुलले उक्त पदक प्रदान गरेका थिए ।

नेपाल सरकार मन्त्रीपरिषद्को २०७५ /१३ गतेको बैठकको सैद्धान्तिक स्वीकृति पश्चात प्रकृति संरक्षण पदक प्रदान गर्ने स्थायी कार्यविधि अनुसार प्रत्येक वर्षको असोज ०३ गते (संविधान दिवस) प्रकृति संरक्षण कार्यमा योगदान पुर्‍याउने नेपाली सेनामा कार्यरत सकलदर्जालाई प्रकृति संरक्षण पदकबाट विभुषित गरिनेछ ।

उक्त समारोहमा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको समेत उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस