२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती ऐनलाई समयसापेक्ष बनाइन्छ : मन्त्री पण्डित

अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अन्तर्राष्ट्रिय अनुभव र हाम्रा असल अभ्यासका आधारमा निजामती ऐनलाई समयसापेक्ष तुल्याइने बताएका छन् ।

संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले ऐनमार्फत् नै निजामती प्रशासनमा सुधारको प्रयास गरिएको बताए ।

मन्त्री पण्डितले भने, ‘द्रुतगतिमा सुधारको काम अघि बढाइएको छ, हिजोका राम्रा पक्ष पनि नरहने, नयाँ परिणाम पनि हात नलाग्ने ढङ्गबाट आवेषमा आएर ऐन बनाइनु हुन्न, निजामती सेवामा प्रवेशपछि अर्को परीक्षाको तयारीका लागि पढेको पढैँ गर्ने परिपाटीले लक्षित उद्देश्य प्राप्त गर्न र परिणाम दिन नसकेको अवस्था अन्त्य हुनुपर्छ ।’

मुलुकको शासन प्रणालीमा आमूल परिवर्तन भएजस्तै स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनमा पनि व्यापक सुधारको खाँचो औँल्याउँदै बैठकमा सांसदले कर्मचारीको पदोन्नति कार्य परिणामका आधारमा हुने व्यवस्था बनाउन सल्लाह दिए ।

स्थायी प्रकृतिको सरकारी सेवाको रुपमा रहेको निजामती सेवामा अब खुल्ला प्रतिस्पर्धा, आन्तरिक र करारका माध्यमबाट कर्मचारी छनोटको व्यवस्था राख्न पनि उनीहरुले सुझाव दिए । उनीहरुले संघमा अब खरिदार पद खारेजी गर्न तथा प्रत्येक पदमा ५० प्रतिशत खुल्ला प्रतिस्पर्धाका आधारमा पदपूर्ति गर्ने व्यवस्था गर्न पनि सुझाव दिए ।

निजामती ऐन जनतामैत्री हुनाको साटो हाकिमप्रति उत्तरदायी हुने व्यवस्थाले निजामती कर्मचारीको कामकारवाहीप्रति ठूलो जनगुनासो रही आएको बताउँदै सांसदले माथिल्लो तहमा खुल्ला प्रतिस्पर्धाको प्रावधान राखेर समाजका विभिन्न क्षेत्रमा रहेका प्रतिभाशाली व्यक्तिलाई पनि निजामती सेवामा आकर्षित गराउनुपर्नेमा जोड दिएका थिए ।

सांसद पम्फा भुसाल, यशोदा सुवेदी, देवेन्द्रराज कँडेल, अम्रेशसिंह, झपट रावल, प्रेम सुवाल, रामकुमारी झाँक्री, रेखा शर्मा, रामसहायप्रसाद यादवलगायतले मुलुक नयाँ परिवेशमा प्रवेश गरेको हुँदा निजामती प्रशासनलाई रुपान्तरण गर्दै लैजाने ऐन निर्माणको खाँचो औँल्याए ।

प्रतिक्रिया दिनुहोस