२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको अभाव : सेवाग्राही मार्कामा

अ+ अ-

जीतपुर । कुनै वेला धेरै कर्मचारीको पहिलो रोजाईमा परेको मालपोत कार्यलय कपिलवस्तुमा यतिवेला कर्मचारीको अभाव देखिएको छ ।

कर्मचारी अभावका कारण सेवाग्राहीले समयमा काम हुन नसक्दा सास्ती खेप्दै आएका छन् । सेवाग्राहीको गुनासो सम्वोद्धन र कर्मचारीको पदपूर्ति हुन नसक्दा कृषि मन्त्री चक्रपाणी खनाल देखि प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलाई चिन्तित बनाएको छ ।

यस विषयमा पटक पटक कार्यलयले उनीहरुको ध्यानाकर्षणसमेत गराउँदै आएको छ । तर पनि अहिलेसम्म कार्यालयमा दरबन्दी अनुसारको कर्मचारीको पदपूर्ति हुन सकेको छैन् ।

चरम अभावको अवस्था

जिल्ला मालपोत तथा भूमिसुधार कार्यालय कपिलवस्तुमा खरिदार देखि उपसचिव सम्मका ३८ कर्मचारीको दरबन्दी छ । कार्यालय सहयोगी वाहेक अहिले कार्यालयमा १२ कर्मचारी मात्र छन् भने १० कार्यलय सहयोगी छन् ।

कर्मचारीको अभावका कारण एउटा कर्मचारीले २/३ वटा फाँटको जिम्मेवारी सम्हाल्नुपरेको छ । मालपोत कार्यलयमा सबैभन्दा महत्वपूर्ण मानिएको मुद्दा फाँट र मोठ फाँटमा कर्मचारी नहुँदा सेवाग्राहीले सवैभन्दा बढी समस्या भोग्दै आएका छन् ।

एक उपसचिब, एक अधिकृत, आठ नासु र ६ खरिदार, २ कम्प्युटर अपरेटर, एक चालक र एक लेखापालको दरबन्दी खाली रहेको छ । कार्यालयमा आवश्यक संख्यामा कर्मचारी नहुँदा दैनिक कामकाज प्रभावित बनेको मालपोत कार्यलयका अधिकृत ऋषिराम पौडेलले बताए ।

कर्मचारी अभावका विषयमा सम्बन्धीत मन्त्रालयदेखि सरोकारवाला सबै निकायमा जानकारी गराउँदा पनि अहिलेसम्म पदपूर्ति हुन नसकेको उनले बताए । रासस