३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय जनप्रतिनिधिलाई जनताको मन जित्न आग्रह

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहका जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन् ।

ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवर्निर्मित भवनको आज ढोलाहिटीमा उद्घाटन गर्दै उनले जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौँ भन्ने प्रमाणित गर्नु आवश्यक छ भने । ‘सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजनाअन्तर्गतकै तीन तहको सरकार बनेको हो । स्थानीय तह जनताको सेवासुविधाका लागि हो । त्यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ’, उनले भने ।

केन्द्रीकृत संरचनामा रहेको सिंहदरबारबाट जनताले सेवा लिन नसकेको ठानी तीन तहको सरकार बनाएको स्मरण गर्दै पूर्वप्रधानमन्त्री दाहालले बजेट र पूर्वाधारको अभावले धेरै स्थानीय तहमा जनअपेक्षित सेवा प्रदान गर्न नसके पनि अब भने जनपक्षीय काममा केन्द्रित हुन आग्रह गरे।

स्थानीय सरकार सञ्चालनका लागि केही ऐन नियम बनिनसकेको र अभाव रहेकैबेला हिजोकै एकात्मक राज्य नै ठीक भन्ने अलिअलि सल्बलाउन थाले पनि क्रमशः विकास निर्माणले गति लिन थालेपछि त्यस्तो प्रवृत्ति हराएर जाने उनले स्पष्ट पारे ।

ललितपुरको समृद्धि र विकास आफ्नो पनि चाहना हो भन्दै दाहालले यसका लागि प्रधानमन्त्रीसहितको जनप्रतिनिधिको बैठक राख्न पहल गरिने बताए ।

‘काठमाडौँ तराई–मधेश द्रुतमार्ग र ललितपुरको विकासका लागि प्रधानमन्त्रीसहितको बैठक राख्न म पहल गर्छु’ अध्यक्ष दाहालले भने, ‘ललितपुर जिल्लाको समृद्धि र यहाँको जनताको हितका निम्ति निरन्तर सहयोग गर्ने वचन दिन्छु ।’ वडा नं २६ का वडाध्यक्ष सुरेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवं सांसद पम्फा भुसाल, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस