न्यू क्यालेडोनियामा ६.८ म्याग्नीच्यूडको भूकम्प « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

न्यू क्यालेडोनियामा ६.८ म्याग्नीच्यूडको भूकम्प


५ जेष्ठ २०७६, आइतबार


न्यू क्यालेडोनिया । अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६.८ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।

उक्त भूकम्प जमिनको सतहबाट करिब १४ किलोमिटरमुनि बिहानीपख ११ बजेर २३ मिनेटमा आएको थियो । भूकम्पबाट जनधनको कुनै क्षति भएको विवरण प्राप्त भएको छैन । साथै कुनै सुनामीको चेतावनी पनि जारी गरिएको छैन ।

फ्रान्सको अधीनमा रहेको क्यालिडोनिया प्रशान्त महासागरीय क्षेत्रमा रहेको छ । यहाँ बारम्बार भूकम्प जानुका साथै ज्वालामुखी विस्फोटन हुने गरेको छ । रासस/एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस