एकता प्रक्रिया टुङ्गो लगाउन नेकपा सचिवालय बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एकता प्रक्रिया टुङ्गो लगाउन नेकपा सचिवालय बैठक बस्दै


५ जेष्ठ २०७६, आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रिया टुङ्गो लगाउन आज सचिवालय बैठक बस्ने भएको छ । पार्टी एकता पूरा भएको एक वर्ष पूरा भए पनि एकता प्रक्रियाको केही काम टुङ्गो लाग्न बाँकी नै रहेकाले आज सचिवालय बैठक बसी सो काम पुरा हुने जनाइएको छ ।

यस अघि सचिवालय बैठक बिहीबार बसेको थियो । बिहिबार बसेको बैठकले पार्टीको जनवर्गीय सङ्गठनको नेतृत्वबारेमा सहमति जुटाएको थियो । यसअघि एकता प्रक्रिया टुङ्गो लगाउन विभिन्न कार्यदल पनि गठन गरिएका थिए । तर कार्यदलले सहमति जुटाउन नसकेपछि पुनः त्यसको जिम्मेवारी सचिवालयमा पुगेको हो ।

एकता प्रक्रिया ढीलो हुँदा नेता तथा कार्यकर्ताले जिम्मेवारी पाउन नसकेको र सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नार पुरा गर्नमा समेत सहयोग पुग्न नसकेको नेताहरुको भनाइ छ ।

एकता प्रक्रियाको ढिलाइका कारण स्थायी कमिटीको बैठक पनि बस्न सकेको छैन । केन्द्रीय कमिटीको बैठक समेत अन्योलमा छ ।

२०७५ जेठ ३ गते पार्टी एकताको घोषणा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस