दिगो शान्ति, सद्भाव र एकताको अपरिहार्यता : राष्ट्रपति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दिगो शान्ति, सद्भाव र एकताको अपरिहार्यता : राष्ट्रपति


प्रशासन संवाददाता

४ जेष्ठ २०७६, शनिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न देशमा दिगो शान्ति र सुदृढ एकता प्रमुख शर्त भएको बताएकी छन् ।

विश्वभर छरिएर रहेका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी सबै समुदायमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले बुद्ध जयन्तीका अवसरमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प साकार पार्न सबैसँग हार्दिक आह्वान पनि गरेकी छन् ।

शुभकामनामा भनिएको छ, ‘‘शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’’

राष्ट्रपतिले पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रका गौरव एवम् शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको यस दिनले सबैमा आपसी सहिष्णुता, सद्भाव, अहिंसा एवं विश्व शान्तिको अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस