अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन : इरानी विदेशमन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन : इरानी विदेशमन्त्री


प्रशासन संवाददाता

२ जेष्ठ २०७६, बिहिबार


टोकियो । अमेरिका र इरानबीच पछिल्लो समय देखिएको तनाव कम गर्न तत्काल वार्ता हुने सम्भावना नरहेको इरानले बताएको छ ।

इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफलाई उद्धृत गरी जापानी समाचार संस्था (क्योदो न्यूज एजेन्सी)ले इरानसँगको विवादमा तत्काल अमेरिकासँग वार्ता हुने सम्भावना नरहेको जनाएको हो ।

टोकियोमा जापानी अधिकारीसँगको भेटपछि बिहीबार सञ्चारकर्मीले के इरान वासिङ्टनसँगको तनाव कम गर्नेबारे वार्ता गर्न खुल्ला छ भन्ने प्रश्नमा जरीफको संक्षिप्त प्रतिक्रिया थियो, ‘तत्काल वार्ताको सम्भावना छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस