१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेश : समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको उद्देश्य

अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा प्रस्तुत गर्न लागेको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मुख्य उद्देश्य राखेको छ । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आव २०७६/०७७ को पूर्वबजेट छलफलका लागि तयार पारिएको दस्तावेज प्रस्तुत गर्दै कृषिमा आत्मनिर्भरता, उत्पादन र उत्पादकत्व वृद्धि, दिगो आर्थिक विकास, सुशासन, आगामी आवको बजेटका मुख्य उद्देश्य रहेको बताए ।

मन्त्री बोहराले प्रस्तुत गरेको दस्तावेजमा गरीबी न्यूनीकरण लक्षित कार्यक्रम, स्थानीय स्रोत, सीप र साधनमा आधारित रोजगारीका कार्यक्रम, विकासका आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव विकास सूचकाङ्कमा पछि परेका जिल्लामा सञ्चालन हुने योजना र कार्यक्रमलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

यसैगरी प्रदेश सरकारले अवलम्बन गर्ने मुख्य नीतिमा गरीब घरपरिवार पहिचान गरी उनीहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, जनताको सीप क्षमताको पहिचान गरी स्वरोजगारतर्फ उन्मुख गराउने, जनताका लागि आयआर्जनसम्बन्धी क्रियाकलाप गर्दै सामाजिक परिचालनमामार्फत सशक्तीकरणका कार्यत्रम सञ्चालन गर्ने जनाइएको छ ।

निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउन पहल गर्ने, प्रदेश सरकारको अधिकारमा रहेका सडक सञ्जालको मर्मतसम्भारका साथै नयाँ लोकमार्गको निर्माण गरिने, गरीबी निवारणका लागि सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशमा सञ्चालन गर्ने कार्यक्रममा प्रदेश सरकारले परिपूरकको भूमिका निर्वाह गर्नेलगायत विषयलाई पनि बजेटका मुख्य नीतिमा समेटिएको छ । अर्को बैठक यही जेठ ६ गते दिउँसो २ बजे बस्ने छ । रासस

प्रतिक्रिया दिनुहोस