२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चियाखेती सिक्न पाखा पाखामा किसान

अ+ अ-

इलाम । गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।

गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन । अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आएका छन् । भौगोलिक रूपले इलामसँग मिल्दाजुल्दा जिल्लाका अगुवा किसान चियाखेती सिक्नका लागि यहाँ आइपुगेका छन् ।

केही दिन अघिमात्रै ललितपुर र रामेछापका २१ किसानले यहाँका बगानमा चिया खेती सिक्न आए । ललितपुरका नौ र रामेछापका एक गरी १० वटा चिया सहकारीका अगुवा सदस्य चिया खेती सिक्न र अवलोकनका लागि इलाम आएका थिए । उनीहरूलाई चिया खेतीसम्बन्धी सैद्धान्तिक ज्ञानसहित, रोपणशैलीका बारेमा जानकारी गराइएको थियो ।

केही वर्ष अघि यहाँबाटै चियाको बिरुवा लगेर खेती शुरु गरेका किसानले बजारीकरणको बारेमा थाहा पाउन इलाम आएका हुन् । बजारीकरण राम्रो नहुँदा चिया बेच्नै समस्या परेकाले बुझ्नका लागि इलाम आएको ललितपुरका चिया किसान पुरुषोत्तम तिम्सिनाले जानकारी दिए ।

तिम्सिनाका अनुसार इलामकै एक व्यक्तिबाट २०६८ सालतिर चियाको बिरुवा ललितपुरमा लगेर खेतीको बारेमा जानकारी गराइएको थियो । सामान्य खेती हुन थालेपछि अरु बिरुवा पनि निर्यात गरेर ललितपुरमा पनि अहिले व्यावसायिक रूपमा चिया उत्पादन हुन थालेको तिम्सिनाको भनाइ छ ।

“हामीले इलामको भ्रमणपश्चात् प्याकेजिङ र बजारीकरणका बारेमा धेरै थाहा पायौँ”, तिम्सिनाले भने, “प्याकेजिङ राम्रो नहुँदा हाम्रो चिया बिक्न समस्या थियो । त्यो कुरा इलाम भ्रमणबाट थाहा भयो । बजारीकरणका लागि पनि भारत निर्यात गर्न हामीलाई सहयोग भयो ।”

आफ्नै संस्थाको सहयोगबाट धेरै जिल्लाका किसानलाई चिया सिकाउने काम वर्षेनी गरिँदै आएको केन्द्रीय चिया सहकारी सङ्घ इलामका अध्यक्ष गोविन्द दाहालले जानकारी दिए । “हामीले वर्षेनी स्थानीय निकायसँग समन्वय गरेर विभिन्न जिल्लाका किसानलाई चिया अवलोकन र चियाखेती विस्तार गर्न इच्छुकलाई इलाम भ्रमणको निम्तो दिन्छौँ ।” दाहालले भने, “त्यसका लागि हामी आफैँ भाडा दिने र तालीमसमेत प्रदान गर्छौं ।”

चियाखेती सिक्न इलामका पाँच वटा उद्योगमा किसानले भ्रमण गरेका थिए । उनीहरूले देउमाई शान्तिडाँडा राँकेटारको उच्च पहाडी चिया सहकारी, इलाम साखेजुङको ग्रीन हिल चिया सहकारी, सूर्योदय फिक्कलको इलामेली चिया सहकारी र कन्यामको कन्याम चिया सहकारी, सन्दकपुरको सानीमाई चिया सहकारीका साथै चिया विस्तार योजना फिक्कलमा भ्रमण गरेका थिए ।

पछिल्लो समय चियाखेती सिक्नका लागि इलाम आउने किसानको सङ्ख्या उल्लेखनीय रहेको अध्यक्ष दाहालले जानकारी दिए । विभिन्न संस्थाबाट सहयोग पाउन थालेपछि मकवानपुर, ललिपुर, सोलुखुम्बु, सिन्धुपाल्चोक र भक्तपुरबाट १०० भन्दा बढीको सङ्ख्यामा खेती सिक्न आउने गरेको उनको भनाइ छ ।

केन्द्रीय चिया सहकारी सङ्घ लि नेपालको आयोजनामा भएको अवलोकन सिकाइ भ्रमणले सहभागीमा चिया खेतीको विकास विस्तारमा थप ऊर्जा मिलेको र इलामको पर्यटनमा समेत सहयोग पुगेको सङ्घका महासचिव रविन राईले जानकारी दिए । केन्द्रीय चिया सहकारी सङ्घ लि नेपालले इलामको शेरामा आफ्नै भवन निर्माण गरी देशभरका चिया सहकारीमार्फत् चिया खेतीको विकास र विस्तारमा सहयोग गर्नका साथै चिया किसानको भूमिका परिर्वतनका लागि वस्तुको मूल्य शृङ्खलाको उत्पादनबाट प्रशोधन र बजारीकरणमा प्रवेश गराउनमा लागि परेको सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताए । रासस

प्रतिक्रिया दिनुहोस