उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने


३० बैशाख २०७६, सोमबार


काठमाडौं । काठमाडौं उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौं उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उनीहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले प्रत्येक नगर एकापसमा छिमेकी रहेकाले एउटाको मात्रै विकास भएमा त्यसले कुनै अर्थ नराख्ने हुँदा एकापसमा छलफल गरी आवश्यकताको आधारमा विकासको काम अघि बढाउनुपर्ने बताए ।

विभिन्न नगरबाट कार्यक्रममा सहभागी हुन आएका नगर प्रमुखले आधारभूत र माध्यमिक तहको शिक्षा पाठ्यक्रममा नै सडक सुरक्षासम्बन्धी विषय समावेश गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी सडकमा साइकल लेन र सार्वजनिक यातायातका साधनलाई प्राथामिकतासँगै फुटपाथ अतिक्रमणलाई कम गर्न सके पनि सडक दुर्घटना कम हुने विषयलाई उठान गरिएको थियो । कामपा शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले ठूला सवारी साधन प्रयोगमा जोड दिनुका साथै घरको नक्सा पास गर्दा यातायातको साधन पार्क गर्ने स्थान छ कि छैन भन्ने विषयमा नक्सा पास गर्ने निकायले ध्यान दिनुपर्ने सुझाव दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस