दुई विधेयक संशोधनसहित २९ विधेयक पारित « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

दुई विधेयक संशोधनसहित २९ विधेयक पारित


२९ बैशाख २०७६, आइतबार


प्रदेश नं १ को प्रदेशसभाको तेस्रो अधिवेशनसम्ममा दुई विधेयक संशोधनसहित २९ विधेयक पारित भएको छ ।

प्रदेशसभाले आर्थिक कार्यविधि विधेयक र प्रदेश विपद् व्यवस्थापन ऐनलाई संशोधन प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको तेस्रो अधिवेशन २०७५ माघ २३ गते शुरु भई २०७५ वैशाख २३ गतेसम्म चलेको थियो । तीन महीनाको अवधिमा ३५ बैठक बसेर सभा ३० घण्टा १९ मिनेट चलेको थियो ।

सो अवधिमा सभाले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, प्रदेश खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र वृहत् विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ बहुमतले पारित गरेको छ ।

तेस्रो अधिवेशनको अवधिमा विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, भवन निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, प्रदेश सहकारीसम्बन्धी विधेयक, २०७५, प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ वृहत् छलफलका लागि विषयगत समितिमा गएको र गाउँ तथा नगरसभा सदस्यको सेवा सुविधासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको तथा जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्दा बनेको विधेयक प्रदेशसभामा छलफलका लागि दर्ता भएको छ ।

सो अवधिको शून्य समयमा ९७ प्रदेशसभा सदस्य र सैद्धान्तिक छलफलमा १०७ सदस्य सहभागी भएको प्रदेशसभाको कानून शाखाले जनाएको छ ।

तेस्रो अधिवेशनको अवधिमा प्रदेशको स्थायी राजधानी तोकिने विषयमा निकै रस्साकस्सी भए पनि अन्तिम समयमा विराटनगर राजधानी कायम भएको तथा कार्यपालिका र व्यवस्थापिकाका लागि बन्ने नयाँ संरचना सुनसरीको इटहरी, सुन्दर हरैचा र विराटनगर आसपास क्षेत्रमा बन्ने सभामा उपस्थित ८६ सदस्यले सो प्रस्तावमा मतदान गरेका थिए । सभाको गरिमालाई बढाउन सत्ता पक्ष र प्रतिपक्षले पनि आपसी सद्भाव र सहकार्य गर्नमा जोड दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस