२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार महासंघ आजदेखि आन्दोलनमा

अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघ आजदेखि आन्दोलनमा उत्रेको छ । प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कानुन ल्याउन लागिएको भन्दै महासंघ आन्दोलनमा उत्रेको हो ।

सरकारले ल्याउन लागेको नेपाल मिडिया काउन्सिल सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ताको माग गर्दै आइतबारदखि आन्दोलन थालिएको छ ।

कानुनविद्, सम्पादक, विज्ञ तथा महासंघका पूर्वपदाधिकारीसँग छलफल गर्न लागेको महासंघले २ः३० बजे केन्द्रीय कार्यालय तिलगंगामा अन्तक्रिया कार्यक्रम राखेको छ।

मन्त्रिपरिषदबाट पारित भई संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

महासंघले प्रेस काउन्सिलसहित सरोकारवाला पक्षसँगको छलफल र सहमतिबिना संसदमा दर्ता गरिएको उक्त विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने ठहर गरेको छ।

विधेयक तत्काल फिर्ता लिई नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग माग समेत गरेको छ।

बैठकले संसदमा विचाराधीन अवस्थामा रहेका विज्ञापन सम्वन्धी ऐन र सूचना प्रविधि सम्बन्धी ऐनमा प्रेस स्वतन्त्रता विरोधी दफा सच्चाउनसमेत माग गरेको छ।

पत्रकारहरुलाई आचारसंहिता उल्लंघन गरे दश लाखसम्मको जरिवाना हुने व्यवस्था सहितको प्रावधान राखिएको छ । आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक र पत्रकारले कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा पच्चिसदेखि दश लाखसम्मको जरिवानाको व्यवस्था गरिएको छ ।

यसैगरी सरकार आफैंले काउन्सिलका अध्यक्षदेखि सदस्यसम्म नियुक्ति गर्ने प्रावधान छ र उनीहरुको काम सन्तोषजनक नभए हटाउन सक्ने प्रावधान राखिएको छ । यसले काउन्सिलका पदाधिकारी स्वतन्त्र रुपमा निर्णय गर्न नसक्ने बनाइएको छ ।