तिम्रो व्यवहार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तिम्रो व्यवहार


२८ बैशाख २०७६, शनिबार


तिम्रो बेवास्ता अचेल साथी जस्तो लाग्छ
घृणा गर्छौ त्यही मलाई काफी जस्तो लाग्छ।

देखेरै अन्धो बन्न खोज्ने तिम्रो धोकेबाजी
अन्धकारमै राख त्यहीँ जाती जस्तो लाग्छ।।

भिडम्भिड दुनियाँ देख्छु एक्लो आफूलाई
बोल्नै नजानेकी अचेल लाटी जस्तो लाग्छ।।

पापको भारी बिसाउने चाहिँदैन मन्दिर त्यो
उल्टो भयो की हिजो आज कासी जस्तो लाग्छ।।

सत्यलाई पन्छाई यसै डुली हिँड्ने देख्दा
चोखो प्रेम त्यो आफैँलाई घाती जस्तो लाग्छ।।

वसन्त उल्ट्याएर उजाड बनाइ दिने
तिम्रा ती व्यवहार सबै पापी जस्तो लाग्छ।।

Tags :
प्रतिक्रिया दिनुहोस