यी १० सरकारी अस्पताल वरपर सूर्ती चुरोट निषेध « प्रशासन
Logo २४ भाद्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

यी १० सरकारी अस्पताल वरपर सूर्ती चुरोट निषेध


प्रशासन संवाददाता

२६ बैशाख २०७६, बिहिबार


काठमाडौं । प्रहरीले वैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी अस्पताल वरपर सूर्ती, चुरोट र खुट्खालगायत सूर्तीजन्य वस्तु खान निषेध लगाउने भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष पहलमा वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल, र्कीतिपुर अस्पताल, सिभिल अस्पताल, थापाथली प्रसूति गृह, आर्मी अस्पताल, प्रहरी अस्पताल र शुक्रराज शास्त्री अस्पताल वरपर सूर्तीजन्य पदार्थको बेचबिखन र सेवन निषेध गरिएको हो।

अस्पतालको एक सय मिटर वरपर बेचबिखन गर्नसमेत रोक लगाइने काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए।

यदी कसैले सेवन तथा बेचबिखन गरे पहिलो पटक सम्झाइ बुझाइ गर्ने र दोहोर्‍याएर गरे एक सय रुपैयाँ जरिवाना तिराइने प्रहरीले जनाएको छ।

यसरी उठाइको जरिवान राजश्व स्वरुप नेपाल सरकारको राजश्वमा जम्मा हुनेछ।

पहिलो चरणमा सरकारी अस्पतालमा यो नियम लागू गरिएको प्रहरीले जनाएको छ। अर्को चरणमा निजी अस्पतालमा समेत यो नियम लागू गरिने प्रहरीको योजना छ।

Tags :
प्रतिक्रिया दिनुहोस