प्रधानमन्त्री ओली भियतनाम प्रस्थान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओली भियतनाम प्रस्थान


२६ बैशाख २०७६, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम र कम्बोडिया प्रस्थान गरेका छन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओली भियतनामको भ्रमण सकिएपछि भियतनाबाटै कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडियाको भ्रमणमा जानेछन् ।

उनको दुई देशको भ्रमण बैशाख २६ देखि जेठ १ सम्म हुने छ ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण र उच्च कर्मचारीले बिदाइ गरेका हुन्।

नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस