कर्णालीमा डुबेर युवकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीमा डुबेर युवकको मृत्यु


प्रशासन संवाददाता

२५ बैशाख २०७६, बुधबार


कर्णाली नदीमा डुबेर आज कैलालीको मोहन्याल गाउँपालिका–७ खैरानी गाउँका २५ वर्षीय निर्मे शाहीको मृत्यु भएको छ ।

दिउँसो नुहाउन खैरानी गाउँ नजिकको कर्णाली नदीमा गएका शाही डुबेर बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शाहीको शव घटनास्थलबाट १०० मिटर तल सोही नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस