गाई काटेको अभियोगमा दुई जना प्रक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गाई काटेको अभियोगमा दुई जना प्रक्राउ


प्रशासन संवाददाता

२५ बैशाख २०७६, बुधबार


घुससहित रंगेहात पक्राउ

रामेछाप । गाई काटेको अभियोगमा रामेछाप प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मङ्गलबार खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुम चापाडीका ३१ वर्षीय रामशरण भनिने हरिबहादुर खड्का र सोही ठाउँको २९ वर्षीय सुजन खड्कालाई पक्राउ गरेको हो ।

गाई काटेको भन्ने खबर पाएपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए । अभियुक्तलाई पक्राउ गरी गौबधसम्बन्धी मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस