क्यानाडाको आवासीय राजदूतका लागि ढुंगानाले लिए शपथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

क्यानाडाको आवासीय राजदूतका लागि ढुंगानाले लिए शपथ


२५ बैशाख २०७६, बुधबार


काठमाडौं । क्यानाडका लागि आवासीय राजदूतमा नियुक्त भएका भृगु ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधवार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ढुङ्गानालाई राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन्।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

मन्त्रिपरिषद्को बैठकले गत पुसमा ढुंगानालाई राजदूतमा सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिले पनि गत माघ ८ मा उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियोे।

संसदीय समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई गत चैत १८ गते नियुक्त गरेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस