पशु सेवा विभाग परिसरमा थन्क्याइएका सवारी हप्ता दिन भित्रै व्यवस्थापन गरिने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पशु सेवा विभाग परिसरमा थन्क्याइएका सवारी हप्ता दिन भित्रै व्यवस्थापन गरिने


प्रशासन विशेष ब्युरो

२५ बैशाख २०७६, बुधबार


काठमाडौँ । पशु सेवा विभाग परिसरमा थन्क्याइएका सवारी साधन एक हप्ताभित्र व्यवस्थापन गरिसक्ने विभागले जनाएको छ ।

केही दिन अघि मात्रै विभागको महानिर्देशकमा सरुवा भएर आएका डा.वंशी शर्माले परिसरमा थन्किएका सबै सवारी हटाउने प्रक्रिया हप्ता दिनभित्रै सुरु गर्ने बताएका हुन् ।

विभाग परिसरमा रहेका आधा दर्जन बढी सवारी मध्ये एउटाबाहेक अरू सबै सवारी अन्य निकायले ल्याएर थन्क्याएको बताउँदै डा. शर्माले यसरी थुपारिएका सवारी हटाउन सम्बन्धित निकायलाई पत्राचार गरी खाली गराउने र विभागको एउटा गाडी पनि लिलामीको प्रक्रिया गर्ने बताए ।

कर्मचारीको सरुवा, बढुवा तथा ‘विशेष इन्ट्रेष्ट’का विषयमा मात्रै बढी चाँसो राख्ने यस अघिका महानिर्देशक विमल कुमार निर्मलकै पालामा कार्यालय सरसफाई तथा सवारी व्यवस्थापन गर्न पत्राचार गरिएको भएपनि सार्वजनिक सम्पत्तिको संरक्षणमा उनको ध्यान पुग्न सकेन र सम्बन्धित मन्त्रालयमार्फत गरिएको पत्राचारलाईसमेत नकार्दै बसेका थिए ।

सिँहदरवार परिसर अनुगमन समितिको नेतृत्वमा सञ्चालित वृहत् सरसफाइ अभियान अन्तर्गत सिंहदरवार परिसरभित्रका करिब ४ सय बढी सवारी व्यवस्थापन भई सक्दा सोही समयमा व्यवस्थापन गर्न पत्राचार गरिएका अन्य निकायले अझै टेर पुच्छर नलगाएपछि प्रशासन डटकमले पशु सेवा विभाग परिसरमा थन्क्याइएका सवारी बारे समाचार लेखेको थियो ।

सम्बन्धित समाचार : गाई दुहेको त सबैले देख्छन् तर गाडी कुहेको कसले देख्ने ? फोटोफिचर

सकुन्जेल दोहन गर्ने अनि कमिसनकै चक्करमा नयाँ खरिद गरेपछि चल्दै गरेको सवारीलाई झाडीमा झोसेर राज्यको सम्पत्ति माटोमा मिसाउने हाकिमी रवैया पुरानै रोग हो ।

Tags :
प्रतिक्रिया दिनुहोस