दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


२५ बैशाख २०७६, बुधबार


तौलिहवा । तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटनामा परी गए राती सोही मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

लु३प ५००१ नंको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकचालक एकबहादुर अधिकारी क्षेत्री र ट्रक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस