२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ लाई

अ+ अ-

मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं २ ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा नौ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको थियो ।

१ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले २६ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । प्रदेश २ का लागि रोहन विकले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै शेख इमरानले १४, विशाल पटेलले २८ तथा निखिल सिंहले २७ रन जोडे ।

सुदूरपश्चिमका आशिष भट्टले ३ विकेट लिए भने सचिन बदायाक र गोविन्द विष्टले समान १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सुवास ऐरले ४७ रनको योगदान दिए भने सन्दीप विष्ट २८, आशिष भट्ट २१ र गोविन्द विष्टले १४ रनको योगदान दिए ।

प्रदेश २ का लागि निखिल सिंह र विशाल पटेलले समान ३ विकेट लिए भने प्रशान्त सिंह अरबाज अन्सारीले एक विकेट लिए । उपाधिसँगै प्रदेश नं २ ले रु २ लाख ५० हजार प्राप्त ग¥यो भने उपविजेता सुदूरपश्चिमले रु एक लाख ५० हजार पायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमका कप्तान सुवास ऐर घोषित भए । त्यस्तै उत्कृष्ट बलर प्रदेश नं ३ का दीपक बोहोरा, उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आइश भट्टराई, उदयमान खेलाडी प्रदेश नं ३ का स्पिनर भार्गव चटौत घोषित भए ।

प्रतिक्रिया दिनुहोस