तीन सय बढी क्षयरोगका बिरामी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तीन सय बढी क्षयरोगका बिरामी


२४ बैशाख २०७६, मंगलबार


रोल्पा । रोल्पामा हरेक वर्ष ३०० बढी क्षयरोगका बिरामी देखिने गरेका छन् । यस्ता बिरामीमध्ये ९० प्रतिशत बढी उपचारपछि निको हुने गरेको पाइएको छ ।

स्वास्थ्य कार्यालय रोल्पाका अनुसार जिल्लामा १८७ यस्ता बिरामीमा खतरनाक कीटाणु देखिएको छ । यसैगरी फोक्सोमा क्षयरोग भएका ३३ बिरामीले उपचार गराएका छन् । तीन बिरामीको भने अन्य अङ्गमा यस्तो रोग देखिएको स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी नोखराज पोखरेलले जानकारी दिए ।

क्षयरोग परीक्षणमा आउनेमध्ये ९८ प्रतिशतलाई एचआइभीको समेत परीक्षण गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । जिल्लामा एक हजार ६४४ शङ्कास्पद क्षयरोगका बिरामीले खकार परीक्षण गराएका थिए । क्षयरोग परीक्षणका लागि खकार सङ्कलन गरी कुरियरमार्फत पठाउने गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।

“खकार परीक्षणको सुविधा सबै ठाउँमा उपलब्ध नहुँदा यस्तो सेवा दिने गरेका छौँ”, पोखरेलले भने । जिल्लाको पूर्वी र दक्षिणी भागमा क्षयरोगका बिरामी बढी देखिएको स्वास्थ्य कार्यालयलले जनाएको छ । शारीरिक अवस्था कमजोर भएका व्यक्तिमा यस्तो रोग लाग्ने गरेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस