ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु


२४ बैशाख २०७६, मंगलबार


तनहुँ । व्यास नगरपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु गरेको छ । यसअघि महिला तथा बालबालिका कार्यालयले वितरण गर्दै आएको परिचयपत्र पहिलोपटक नगरपालिकाले वितरण शुरु गरेको हो ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता बुझ्न परिचयपत्र आवश्यक पर्ने भएपछि नगरपालिकाले परिचयपत्र वितरणको थालनी गरेको नगरपालिकाका उपप्रमुख मीरा जोशीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले सोमबार ५०० ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ ।

वडा कार्यालय वा नगरपालिकाको महिला तथा बालबालिका कल्याण शाखामा निवेदन दिएपछि तत्कालै परिचयपत्र उपलब्ध गराइने शाखा प्रमुख राधा वाग्लेले बताए । ज्येष्ठ नागरिक परिचयपत्र वितरण निर्देशिका २०७४ बमोजिम सरकारले ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्दै आएको छ । नगरपालिकाले अपाङ्गता परिचयपत्रसमेत वितरण शुरु गरेकामा पहिलो दिन सोमबार नौ जनाले उक्त परिचयपत्र लिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस