भाद्र २ गते, २०७६

ऊर्जा क्षेत्र : कुराभन्दा काम बढी

काठमाडौं । नेपालमा कामभन्दा कुरा गर्नेलाई बढी योग्य मान्ने प्रचलन हावी छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई गाँजेको छ । समाजले जस्तो सिकायो उनीहरु पनि त्यस्तै हुने गर्छन् । तर पछिल्लो समय कतिपय क्षेत्रमा काम गर्ने सोचको पनि विकास भएको छ । त्यसले देश बन्दैछ र नयाँ केही हुँदैछ भन्ने सन्देशसमेत दिएको छ ।

एकाध मान्छेले सकारात्मक सोच मात्रै राख्ने हो भने पनि देशमा केही न केही परिवर्तन हुन्छ भन्ने तथ्य पनि स्थापित हुँदै गएको छ । कुनै समय विद्युत्भार कटौती अन्त्यको कुरा निकै गाह्रो भन्ने लाग्थ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पनि त्यस्तै लाग्थ्यो । तर समय बदलियो, सोच बदलियो, नेतृत्व पनि बदलियो । केही न केही नयाँ गर्नैपर्छ भन्ने मान्यता काम गर्ने ठाँउमा भएकामा विकसित भयो ।

पछिल्ला केही दिनमा प्रकाशमा आएका जल तथा ऊर्जा क्षेत्रसँग जोडिएका केही आशालाग्दा समाचारले सुखद सन्देश सञ्चार भएको छ । करीब दश वर्ष निर्माणमा लागेको माथिल्लो त्रिशुली थ्री ए ले परीक्षण उत्पादन शुरु गरेको छ । पहिलो चरणमा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन शुरु भएको छ ।

आइतबार मात्रै त्रिशुली–काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइन चार्ज भएको छ । प्राधिकरणले नै रुग्ण भन्दै आएको ६० मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न भएको छ । निकट भविष्यमा नै १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा जोडिदैछ ।

कहिले क्षमता बढाउने कि नबढाउने भन्ने विवाद । कहिले भूकम्प र भारतको नाकाबन्दीको अवरोध । निर्माण व्यवसायीका अनावश्यक शर्त । पटक–पटक म्याद थप । आधा दर्जन बढी मन्त्रीले आयोजनाको स्थलगत निरीक्षण गरेर समयमै सम्पन्न गर्ने उद्घोष गरेपनि आयोजनाले गति लिन सकेको थिएन । प्राधिकरणको नेतृत्वले पनि आयोजनालाई खासै चासो दिएको थिएन ।

प्राधिकरणमा नयाँ नेतृत्वसँगै सरकारले आयोजनामा कुनै अवरोध हुन नदिने प्रतिवद्धता जनायो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनालाई सम्पन्न गर्न सबैखालको सहयोग उपलब्ध गराएकोले पनि लामो समय समस्यामा फसेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ ।

रुग्ण आयोजनालाई गति दिन सानो प्रयासले सफल हुने अवस्था थिएन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरन्तर आयोजना प्रमुख फणिन्द्रराज जोशीसँग त्यहाँको अवस्थाबारे जानकारी लिनुभयो । ऊर्जामन्त्री वर्षमान पुनले आयोजनाका कामबारे निरन्तर चासो र विवरणको खोजी गरिरहनुभयो । निरन्तरको प्रयासपछि मात्रै सफलता हासिल हुन्छ भनेजस्तै मन्त्रालय, प्राधिकरण र सम्बन्धित आयोजनाको लामो प्रयत्नपछि सफल परीक्षण सम्पन्न भएको छ ।

कूल अनुमानित लागत रु १२ अर्ब ६० करोड ९१२ करोड ५८ लाख डलर० रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इञ्जिनीयरिङ, खरीद र निर्माण ९इपिसी० ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग विसं २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।

यस्तै शनिबारदेखि प्राधिकरणको अर्को टाउको दुःखाई बन्दै आएको काबेली करिडोरको दोस्रो खण्डको काम सकिएको छ । वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रणालीमा थप ७२ मेगावाट विद्युत् थप हुनेछ ।

ऊर्जामन्त्री पुन, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतको निरन्तरको इमान्दार प्रयासका कारण धमाधम राष्ट्रिय प्रणालीमा विद्युत् थप हुन थालेको छ । कूल १३२ केभी क्षमताको प्रसारण लाइन सम्पन्न नहुँदा केही निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न समस्या हुँदै आएको थियो । प्राधिकरणका अनुसार सो प्रसारण लाइनको इलामको सोयाक–पाँचथरको खण्डको निर्माण सम्पन्न भएको छ ।

पाँचथर र ताप्लेजुङका कावेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि कावेली करिडोर निर्माण भएको हो । सो करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४ दशमलव ९ मेगावाटको हेवाखोला ‘ए’ र २२ दशमलव १ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिनेछन् ।

यस्तै सोही करिाडोरमा कूल ३७ दशमलव ६ मेगावाट क्षमताको को काबेली ‘ए’, २५ मेगावाटको काबेली बी–१, १० मेगावाटको रैराङलगायत निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् तेस्रो खण्डमा जोडिनेछ । मन्त्रालयले लिएको कामकाजी नीतिका कारण धमाधम आयोजना सम्पन्न हुने चरणमा पुगेको र बाँकी रहेका अन्य आयोजना तोकिएको समयमै सम्पन्न गर्न विशेष पहल गरिने मन्त्री पुनको भनाइ छ ।रासस

बैशाख २३ गते, २०७६ - १८ः१४ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg