२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभेदरहित नेपाल निर्माण गर्न पार्टी एकता गरेका हौं : उपेन्द्र यादव

अ+ अ-

काठमाडौं । नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कायम रहेका सबै खालका विभेद अन्त्य गर्न पार्टी एकता गरेको बताएका छन्।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको पार्टी एकता कार्यक्रममा सम्बोधन गर्दै यादवले पार्टी एकताले नेपाललाई भावनात्मक रुपमा जोड्ने काम गरेको दाबी गरे। ‘सबै समुदायलाई यसले सबै यसले जोडेको छ। हिमाल, पहाड र तराईलाई जोडेका छौं। पार्टी एकता गरेर हामीले आन्तरिक एकता बलियो बनाएका छौं, उनले भने।

उनले कांग्रेस र कम्युनिस्ट सरकारले देशभरका कारखानालाई उदारीकरण र निजीकरणको नाममा धरासायी बनाइएको बताए। ‘त्यो बेला थोरै मान्छे वैदेशिक रोजगारीमा जाने गर्दथे। त्यो कारखानालाई उदारीकरण र निजीकरणको नाममा धरासायी बनाइयो उनले भने, ‘आज युवा युवतीहरु विदेशको मरुभूमिमा ज्यान गुमाउन बाध्य छन्।’

उनले पार्टी एकता गरेर आफूहरुले सुरुवात मात्रै गरेको उनले बताए। राजपा नेपाललाई पनि एकताबद्ध हुन र परिवर्तनको दिशामा अघि बढ्न यादवले आग्रह गरे।

उनले संघीय प्रणालीलाई साँच्चैको संघीय प्रणाली बनाउनुपर्ने भन्दै संघीयता बलियो र संस्थागत भएपछि मात्रै देश बलियो र स्थिर बन्ने भनाइ राखे।

संविधान संशोधन गरेर प्रदेशलाई थप अधिकार दिनुपर्ने धारणा राख्दै उनले थपे, ‘नेपालको भविष्य भनेको नै संघीय गणतन्त्र हो। जति संस्थागत हुन्छ त्यतै नै नेपाल बलियो हुन्छ।’