विभेदरहित नेपाल निर्माण गर्न पार्टी एकता गरेका हौं : उपेन्द्र यादव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विभेदरहित नेपाल निर्माण गर्न पार्टी एकता गरेका हौं : उपेन्द्र यादव


२३ बैशाख २०७६, सोमबार


काठमाडौं । नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कायम रहेका सबै खालका विभेद अन्त्य गर्न पार्टी एकता गरेको बताएका छन्।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको पार्टी एकता कार्यक्रममा सम्बोधन गर्दै यादवले पार्टी एकताले नेपाललाई भावनात्मक रुपमा जोड्ने काम गरेको दाबी गरे। ‘सबै समुदायलाई यसले सबै यसले जोडेको छ। हिमाल, पहाड र तराईलाई जोडेका छौं। पार्टी एकता गरेर हामीले आन्तरिक एकता बलियो बनाएका छौं, उनले भने।

उनले कांग्रेस र कम्युनिस्ट सरकारले देशभरका कारखानालाई उदारीकरण र निजीकरणको नाममा धरासायी बनाइएको बताए। ‘त्यो बेला थोरै मान्छे वैदेशिक रोजगारीमा जाने गर्दथे। त्यो कारखानालाई उदारीकरण र निजीकरणको नाममा धरासायी बनाइयो उनले भने, ‘आज युवा युवतीहरु विदेशको मरुभूमिमा ज्यान गुमाउन बाध्य छन्।’

उनले पार्टी एकता गरेर आफूहरुले सुरुवात मात्रै गरेको उनले बताए। राजपा नेपाललाई पनि एकताबद्ध हुन र परिवर्तनको दिशामा अघि बढ्न यादवले आग्रह गरे।

उनले संघीय प्रणालीलाई साँच्चैको संघीय प्रणाली बनाउनुपर्ने भन्दै संघीयता बलियो र संस्थागत भएपछि मात्रै देश बलियो र स्थिर बन्ने भनाइ राखे।

संविधान संशोधन गरेर प्रदेशलाई थप अधिकार दिनुपर्ने धारणा राख्दै उनले थपे, ‘नेपालको भविष्य भनेको नै संघीय गणतन्त्र हो। जति संस्थागत हुन्छ त्यतै नै नेपाल बलियो हुन्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस