फोरम र नयाँ शक्तिबीच एकता घोषणा « प्रशासन
Logo १४ जेष्ठ २०८०, आइतबार
   

फोरम र नयाँ शक्तिबीच एकता घोषणा


२३ बैशाख २०७६, सोमबार


काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् ।

शासन प्रणाली भने पूर्ण समानुपातिक संसदमा आधारित हुने भएको छ। आफूले अघि सारेको कार्यक्रमका १५ मौलिक विशेषता हुने बताइएको छ। राष्ट्रिय स्वधीनता, संघीय शासन, समाजवादी व्यवस्था, सहभागीतामूलक समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, सामाजिक न्यायलगायत छन्।

संघीय समाजवादी फोरम नेपालले अवलम्बन गरिआएको संघीय समाजबाद र नयाँ शक्तिले अवलम्बन गर्दै आएको सम्मुनत समाजवादको आधारमा सम्मुनत संघीय समाजवादको सिद्धान्त अघि सार्ने निष्कर्षमा उनीहरु पुगेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस