२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वादीले विद्यालय पढ्न पाउनुपर्छ

अ+ अ-

चैनपुर । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले यहाँको सबैभन्दा सीमान्तकृत पछाडि परेका गरीब वादी समुदायको बस्तीमा गएर आफू दलितकै छोरा भएकाले पढेलेखेर ठूलो मान्छे बन्न सकिन्छ भनेर स्कूल पढ्न उत्प्रेणा दिएका छन् ।

विपन्न वादी समुदायको दैनिकी, उनीहरुको अवस्था र समस्याका बारेमा बुझ्न सदरमुकाम चैनपुरकै एक बस्तीमा गएका प्रजिअ सुनारले भने, “मान्छे गरीब हुनका पछाडि केही राज्यको सेवा, सुविधा, पहुँच, अवसर नपाएर पनि हो, तर केही हाम्रो कर्मको फल पनि भएकाले राम्रो कर्म गरे फल मिल्छ ।”

प्रजिअ सुनारसँगै वादीको अवस्था बुझ्न प्रहरी नायब उपरीक्षक सूर्य केसी, जयपृथ्वी नगरपालिका–१० का वडाध्यक्ष दलबहादुर विष्टलगायत सहभागी थिए । जिल्लाको सदरमुकाम नजिकै रहेको विपन्न गरीब वादी बस्तीमा यसरी पहिलोपटक सरकारी टोली आफूहरूको अवस्था बुझ्न आउँदा वादी समुदायले सबैलाई स्वागत गरेको थिए । जिल्लाका अन्य जातजातिसँग वादी समुदाय पनि सयौँ पुस्तादेखि यहाँ बस्दै आएका तर उनीहरुको परिवारमा हालसम्म एकजना पनि सभ्य र सम्मानित नागरिक भएर बाँच्न नसकेको अवस्था जानकारी भएपछि प्रजिअ आफैँ वादी बस्तीमा पुगेका हुन् ।

“मैले यी वादीहरुको अवस्था यस्तो दयनीय होला भन्ने सोचेकै थिइनँ”, प्रजिअसुनारले भने, “उनीहरुलाई समाजले विभेद र हेला गरेका कारण पनि वादीहरु गरीब भएका हुन् र यसका साथै उनीहरुमा मदिरा सेवन गर्ने बानी बढी हुँदा पनि उनीहरुको परिवार घर र बस्ती नै विजोग अवस्था छ ।” तेह्र परिवार घरधुरी रहेको वादी समुदायमा हालसम्म एकजनाले पनि एसएलसी पास गरेको छैन भने रोजगारी पनि केही छैन । वादीहरु अहिलेसम्म मागेर खाने गर्दछन् भने कोही ज्याला मजदूर गर्ने गर्दछन् ।

वादी टोलमा गएका विभिन्न व्यक्तिले वादीलाई शिक्षा क्षेत्रमा लाग्न जोड दिएका थिए । जनता आवास कार्यक्रमबाट घर बनाउन पहल गरेका जनपा–१० का अध्यक्ष विष्टले वादीको विकासका लागि थप ५० लाख रकम आएकाले यो रकमबाट वादीको शैक्षिक आवास र स्वरोजगारका लागि सहयोग गरिने बताए । वादी टोलमा पुगेका प्रजिअले ६० हजार ऋण तिर्न नसकेर सुरेन्द्र वादीको घरमा स्थानीय साहु लक्ष्मी सुनारले लगाएको ताला हटाउन लगाए । उनले वादी महिलालाई देहव्यापार छोडेर व्यवसाय गरी खान पनि सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस