२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा पाँचौं चरणको चुनाव

अ+ अ-

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ ।

पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ । जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान हुने कार्यक्रम छ ।

यस चरणमा उत्तर प्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, भारतीय राष्ट्रिय कङ्ग्रेसकी नेत्री सोनिया गान्धी, कङ्ग्रेस अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानीको भाग्यको फैसला हुनेछ । यस चरणमा कूल ६७४ उम्मेदवार चुनावी मैदानमा छन् । यस चरणमा करिब नौ करोड मतदाताले मतदान गर्नेछन् ।

पाँचौं चरणको यस चुनावमा खासगरी उत्तर प्रदेशका रायबरेली र अमेठीको भिडन्त निकै रोचक मानिएको छ । यी दुवै स्थानमा सोनिया गान्धी र राहुल गान्धीलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले कडा टक्कर दिने अपेक्षा गरिएको छ ।

तर उत्तर प्रदेशको राजनीतिमा निकै प्रभावशाली समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनले रायबरेली र अमेठीमा उम्मेदवारी नदिएकाले यी दुबै स्थानमा कंग्रेस नै विजयी हुने अडकलबाजी गरिएका छन् ।

यसअघि सन् २०१४ को चुनावमा यी क्षेत्रका कूल ५१ स्थानमध्ये भाजपाले ४० स्थान जितेको थियो भने कंग्रेसले दुई स्थान मात्र जितेको थियो । कंग्रेसले रायबरेली र अमेठीमा मात्र विजय हासिल गरेको थियो ।

भारतीय चुनाव आयोगले पाँचौं चरणको चुनावका लागि ९४ हजार मतदान केन्द्र स्थापना गरेको छ । साथै चुनावी हिंसालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था निकै कडान बनाएको छ ।

पाँचौं चरणको मतदान सकिएसँगै लोकसभाका कूल ५४२ मध्ये ४२४ स्थानका लागि चुनाव समाप्त हुनेछ । बाँकी ११८ स्थानका लागि आगामी मे १२ र १९ मा छैटौं र सातौं चरणमा मतदान हुनेछ । चुनावको मतगणना आगामी मे २३ मा हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस