दुई विधेयक पारित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुई विधेयक पारित


२२ बैशाख २०७६, आइतबार


खस्यौली । प्रदेश नं ५ को प्रदेशसभाले आज थप दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गाउँसभा, नगरसभाको कार्यसञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि पारित भएको थियो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विधेयक पारित गरियोस् भन्ने प्रश्ताव सभामा प्रस्तुत गरेका थिए । यी विधेयकसँगै प्रदेश नं ५ बाट निर्माण भएका विधेयकको सङ्ख्या ३८ पुगेको छ ।

यसअघि प्रदेशसभाको पहिलो अधिवेशनले चार विधेयक र दोस्रो अधिवेशनले ११ विधेयक पारित गरेको थियो भने तेस्रो अधिवेशनले २३ विधेयक पारित गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७५ प्रदेशसभामा पेश गरे । प्रदेशसभाको चालू अधिवेशनको शून्य समय र विशेष समयमा प्रदेशसभाका सदस्यले उठाएका विभिन्न विषयको जवाफ आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, सामाजिक विकासमन्त्री शुदर्शन बराल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले दिएका थिए ।

सभामुख घर्तीले प्रदेशसभामा प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रमाणिकरण गुर्नभएका विधेयक प्रमाणिकरणसम्बन्धी पत्र पढेर सुनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस