माक्र्सवाद गतिशील समाज विज्ञान’ : मन्त्री रावल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

माक्र्सवाद गतिशील समाज विज्ञान’ : मन्त्री रावल


२२ बैशाख २०७६, आइतबार


सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले ‘माक्र्सवाद गतिशील समाज विज्ञान’ भएको बताएका छन् ।

काल माक्र्सको २०१ औँ जन्मदिनको अवसरमा कर्णाली खोज, अनुसन्धान तथा अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित विचार गोष्ठीमा उनले माक्र्सवादले मानव चिन्तनको उज्ज्वल र प्रगतिशील परम्परालाई आत्मसात् गरेको बताए ।

मन्त्री रावलले माक्र्सवादका प्रतिपादक तथा वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल माक्र्सको सान्दर्भिकतालाई कम्युनिष्टहरुले व्यवहारमा उतार्न नसकेको उल्लेख गर्दै दलाल र पूँजीवादलाई विस्थापन गर्नु आजको अपरिहार्यता रहेको बताए ।

नेकपाका केन्द्रीय सदस्य लक्ष्मी पोखरेलले कार्ल माक्र्स समाज विज्ञानका प्रणेता भएको बताउँदै माक्र्सवादको अध्ययन तथा प्रयोगबाट मात्र सामाजिक न्यायसहितको समुन्नत समाज निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

सो अवसरमा मन्त्री रावलले कर्णाली खोज, अनुसन्धान तथा अध्ययन केन्द्रको मुखपत्र ‘कर्णाली बहस’ नामक पुस्तकको विमोचन पनि गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस