देउवाले भने : ‘नानो स्याटलाइट’ ओलीको होइन मेरो हो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देउवाले भने : ‘नानो स्याटलाइट’ ओलीको होइन मेरो हो


२२ बैशाख २०७६, आइतबार


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नानो स्याटेलाइट आफ्नो पालामा सुरु भएको बताएका छन् । उनले नानो स्याटेलाइट ओलीको नभई आफ्नो नेतृत्वको सरकारको पालामा सुरु भएका बताएक हुन् ।

सरकारको नीति तथा कार्यक्रममाथि आइतबारबाट संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले त्यस्ता कार्यक्रमहरुको फेहरिस्ता प्रस्तुत गरेका छन् । आफ्नो नेतृत्वको सरकारले नेपाली युवा वैज्ञानिकहरुको प्रतिभालाई प्रोत्साहन गर्न नानो स्याटलाइट परियोजना सुरु गरेको भन्दै ओली सरकारले आफैंले नेपाललाई अन्तरिक्ष युगमा पुर्‍याएको बकम्फुसे दाबी गरेको बताएका छन् ।

कांग्रेस सभापति देउवाले आफ्नो पालामा ल्याएको सामाजिक सुरक्षा ऐन पनि आफ्नो पालामा ल्याएको बताएका छन् । भेरी बबई डाइभर्सन परियोजना कांग्रेस सरकारकै पालामा सुरु भएको उनको दाबी छ ।

सभापति देउवाले गत वर्ष ५ वर्षभित्र कोही पनि नेपाली विदेश जानुपर्दैन भनेको सरकारले यो वर्ष थप ५ लाख रोजगारी सिर्जना गर्छु भनेको भन्दै कति रोजगारी सिर्जना भयो र कति विदेशिन परेन भन्नेबारे मुलक अनविज्ञ रहेको बताए ।

गतवर्ष तामझामका साथ सुरु गरिएको प्रधानमन्त्री रोजगार योजनाले अहिलेसम्म एउटा पनि रोजगारी सिर्जना गर्न नसकेको उनको दाबी छ ।

उनले छिमेकी देशहरुसँग रेल, सडक र हवाइमार्गबाट जोड्नुपर्ने तर, लहडमा नभइ प्राथमिकता र प्रतिफलका आधारमा आयोजना छनोट गर्नुपर्ने बताए ।

उनले सरकारको नीति तथा कार्यक्रम आधारहीन र तयारी विनाको रहेको बताए ।

प्रतिक्रिया दिनुहोस