वनभोज गएका लेखापाल महाकालीमा डुबेर बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वनभोज गएका लेखापाल महाकालीमा डुबेर बेपत्ता


२२ बैशाख २०७६, आइतबार


डडेल्धुरा । भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल महाकाली नदीमा डुबेर बेपत्ता भएका छन्।

वनभोज खान गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसँगै गएका पाल नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

शनिबार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका थिए । दिउँसो ३ बजे महाकालीमा नुहाउन गएका पाल डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराकाले जनाएको छ ।

वेपत्ता लेखापालको प्रहरीले खोजी गरिरहेको छ ।

रंगुन खोलामा डुबेर एक बालकको मृत्यु 

डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–६, स्थित रंगुन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

परशुराम नगरपालिका–६, सिमलखेतका दुर्गाबहादुर पुन मगरका १२ वर्षीय छोरा धमेन्द्र पुन मगरको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय, जोगबुडाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस